जय किसान नर्सरीको परिचय

नेपालमा फूल र बोट बिरुवाहरुको व्यापारको एक बिशेष हिस्सा नर्सरी व्यवसायले ओगटेको पाईन्छ । यसरी अहिले राष्ट्रिय स्तरमा करोडौ रुपैयाँको व्यापार गर्न सक्षम भैरहेको नर्सरी व्यवसाय जसले हजारौको संख्यामा रोजगारी प्रदान गरिरहेको छ । यसको बिकास क्रमलाई हेर्दा नेपालमा पहिले पटक काठमाण्डौ भित्र बि.सं. २०११ सालमा व्यावसायीक रुपमा नर्सरीको स्थापना भएको पाईन्छ । व्यवसायीक रुपमा नर्सरी स्थापनाको सुरुबाट बि.सं. २०११ सालमा भएको देखि यता पनि यस पछिका केहि दशक नर्सरी स्थापनाको दिशामा त्यती अग्रसर भएको पाईएन । बि.सं. २०११ साल देखि २०४० सालसम्मा आई पुग्दा नपुग्दै काठमाण्डौमा केवल ४– ५ वटा नर्सरी मात्रै स्थापना भएको पाईन्छ । जस मध्ये बि.सं. २०३३ (1976A.D.) सालमा ज्ञान बहादुर बादेज्यूबाट जय किसान नर्सरीको स्थापना भयो । जुन नर्सरी व्यवसायको ईतिहासमा एउटा कोसेढुङ्गा साबित भैरहेको छ ।
   पुष्प किसान ज्ञान बहादुर बादेज्यूले आफ्नो एकल प्रयासबाट काठमाण्डौ स्थित कालोपुलको आसपास धोबीखोला किनारामा यो नर्सरी स्थापना गरी संचालन गरेको थियो । केहि समय कालोपुलमा, त्यस पछि केहि समय रातो पुल छेउछाउ र बि.सं.२०४० साल देखि बि.सं.२०७५ सम्म सेतोपुल(सो अवधि भित्र उत्पादन केन्द्रका रुपमा काठमाण्डौको फुटुङ्ग, सिनामंगल तथा शाखा सोरुमको रुपमा मण्डिखाटारमा समेत कार्यस्थल रहेको) त्यसपछि काठमाण्डौको थलिमा उत्पादन केन्द्र र बौद्ध, नयाबस्तीमा सोरुम राखी यो नर्सरी संचालनमा रहेको छ । समयको चक्र संगै कहिले यो नर्सरीले फैलिएर बिभिन्न स्थानमा गरी २५–३० रोपानीसम्मको क्षेत्रफल पनि ओगटेको देखिन्छ भने कहिले खुम्चिएर २–३ रोपानीमा मात्र सिमित भएको पनि देखिन्छ । कहिले ३०–३५ व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको त कहिले ४–५ जना व्यक्तिलाई मात्र प्रत्यक्ष रोजगारी दिन सकेको यथार्थ पनि छ ।
    समयको गतिसंगै परिबर्तनशील यो संसारमा समयसंगै परिबर्तन हुदै हाल मुख्य उत्पादन कार्यस्थलको रुपमा थलि ५, कागेश्वरी मनोहरा नगर पालिका र सोरुमको रुपमा बोद्ध वडा नं ६, नयाबस्ती काठमाण्डौ दुबैस्थान गरी लगभग १२ रोपानी क्षेत्रफलमा फैलिई नेपालका पुष्प तथा बोट बिरुवा पारखीहरुको सेवामा समर्पित रहिआएको छ ।
    बिशेषत मौसमी पट प्लान्ट फूल बिरुवाको उत्पादनमा बिशेषज्ञता हासिल गरेको यो नर्सरी, मौसम अनुसारका बिभिन्न प्रकारका सिजनल फूल बिरुवाहरुका अतिरिक्त, बिभिन्न देशहरुबाट संकलन गरी ल्याएका सदाबाहर फूल फूल्ने तथा नफूल्ने बिरुवाहरु र सबै प्रकारका आलंकारिक बोट बिरुवाहरु पाईन्छ । साथै धेरै प्रकारका फलफूलका बिरुवाहरु साथै धार्मिक महत्वका बिरुवाहरु पनि प्रशस्त मात्रामा रहेको छ । त्यसका अलावा सबै प्रकारमा मलखाद, गमलाहरु, उपकरण तथा औजारहरु समेत उपलब्ध रहेको छ ।
Add caption
    बिगत ४ दशक भन्दा अघि देखि नेपालको पुष्प व्यवसायको बिकास, बिस्तार तथा प्रबद्र्धनमा समर्पित रहि निरन्तर कार्य गर्दै आएको यो नर्सरीको यस क्षेत्रमा योगदान अतुलनिय रहेको कुरा सम्बन्धित बिज्ञहरु बताउछन् । यस नर्सरीमा कामदारको रुपमा काम गरेका, यस नर्सरीमा प्रत्यक्ष सहयोग तथा सल्लाह लिएका, तालिम लिएका र यसै नर्सरीबाट प्रेरित भै नेपालका बिभिन्न स्थानमा बिशेष गरी काठमाण्डौमा आफ्नो छुट्टै नर्सरी स्थापना गर्ने व्यक्तिहरुको संख्या उल्लेख्य रहेको छ । यस नर्सरीबाट ज्ञान र शिप लिएर  आफ्नो नर्सरी व्यवसाय गर्नेहरुले अन्य व्यवसायीहरुको तुलनामा बढि प्रतिस्पर्धी भई प्रगती गरेको  पनि देखिन्छ ।
पुष्प व्यवसाय र यससंग सम्बन्धित क्षेत्रमा बिशेष योगदान पु¥याए वापत राष्ट्रिय स्तरमा गोरखा दक्षिण बाहु र अन्तराष्ट्रिय स्तरमा 17th Quality Summit International Award 2003 in New York (U.S.A.) बाट समेत यो जय किसान नर्सरी बिभुषित भईसकेको छ । त्यसै गरि काठमाण्डौमा हुने प्राय प्राय सम्पुर्ण पुष्प प्रतियोगिता तथा प्रदर्शनीहरुमा सकृया सहभागी भई कहिले प्रथम, कहिले द्वितीय त कहिले तृतिय हुदै आएको यो नर्सरी गुणस्तरिय बोट बिरवाहरु उत्पादन गरी उपभोक्ताहरुलाई बिक्रि गरी सन्तुष्ट पार्दै आईरहेको छ । भबिष्यमा पनि आफ्नो उत्कृष्ट कार्यलाई ईमान्दारीका साथ निरन्तरता दिने बचन बद्धता व्यक्त गर्दछ ।

🌿Indoor & Outdoor Pot Plants
🍀गुणस्तरीय, आकर्षक, मनमोहक, उत्कृष्ट भेराइटीहहरु
🇳🇵स्वदेशी तथा विदेशी विभिन्न प्रकारका पट प्लान्टहरु उपलब्ध छन ।
Remember Us for Best Quality Pot Plants🌲 🌿🎋

अर्डर को लागी सम्पर्क नम्बर र Location “Comment” गर्नुहोस ।
📞 9866473702 and 9808767435

@ Boudha , Nayabasti

……………………….