मनि प्लान्टको हेरचाह कसरी गर्ने ?

मनि प्लान्ट घरमा राख्ने अत्यन्त लोकप्रिय विरुवा हो । यसलाई माटोमा रोपेर वा पानीमा मात्र राखेर पनि हुर्काउन सकिन्छ । यो विरुवाले कोठामा रहेका हानिकारक विषाक्त पदार्थहरुलाई शुद्धिकरण गर्नुका साथै सकारात्मक उर्जाको निर्माणमा सहायता गर्दछ ।  कम पानी, कम प्रकाश, कम मल तथा कमै हेरचाहमा पनि मज्जाले हुर्किने यो विरुवा कोठामा राख्नाले सौन्दर्य, शुद्धता तथा शान्ति खोज्न अन्त कतै जानु पर्दैन । यदि तपाईले पनि घरमा मनि प्लान्ट राख्नु भएको छ वा राख्न चाहनु हुन्छ भने यहा उल्लेखित केहि विशेष टिप्सहरुले तपाई लाई मद्दत गर्नेछ ।
माटोमा रोपिएको मनी प्लान्टका लागि 
मनी प्लान्टको हेरचाह गर्नु सजिलो काम हो । राम्रो हेरचाह गरिएको मनी प्लान्ट १०० फीट भन्दा पनि बढि लम्बिन सक्छ । यदि औसत हेरचाह मात्र पनि यो बि¿वालाई दिइन्छ भने, तब यो लगभग ७ फिट उचाई सम्ममा पुग्न सक्छ । यो नया नया बागवानी गतिविधि सु¿ गर्नका लागि एक उत्तम बोट हो ।
माटो
भुर भुराउदो, हल्का, राम्ररी हावा खेल्न सक्ने माटो मनि प्लान्ट को लागी एकदम उपयुक्त हुन्छ । त्यसका लागि माटोमा नदीको बालुवा मिलाउन सकिन्छ । बालुवाले बोटलाई राम्ररी हावा र पानीको संचार गर्न सहायता प्रदान गर्छ र जसबाट बोट राम्रोसँग हुर्कन पाउदछ ।
पानी
यो विरुवालाई आवश्यकता भन्दा थोरै मात्र पानी दिदा पनि केहि फरक पर्दैन तर अधिक पानी यसको विकासको लागि हानिकारक हुन सक्छ । ७ दिनमा एक पटक मनी प्लान्टमा पानी हाल्नु गर्मी मौसमको लागि उपयुक्त हुन्छ । वास्तवमा माटोमा औला घुसाएर हेर्दा सुक्खा महसुस भएमा पानी दिनु उपयुक्त हुन्छ । जाडो महिनाह¿मा पातह¿मा स्प्रे गरेर मात्र पानी दिनु राम्रो हो र पूरै पानी प्रत्येक २ हप्तामा एक चोटि दिनु पर्छ ।
सूर्यको प्रकाश
सामान्यतया मनी प्लान्टले सूर्यको किरणको उच्च मात्रालाई धान्न सक्छ तर यस्तो यिस्थितिमा चर्को किरणको कारण पातह¿लाई हल्का जलाउन सक्छ ।  अतह अप्रत्यक्ष सूर्यको प्रकाश तर प्रशस्त उज्यालो हुने क्षेत्र नै मनि प्लान्टको राम्रो विकासको लागि उपयुक्त हुन्छ ।
 
मलखाद
एक महिनामा एक पटक मनि प्लान्टमा मल दिनु उत्तम मानिन्छ । याद राख्नु पर्ने अर्को महत्तवपूणर् कुरा यो हो कि मल साँझमा मात्र प्रयोग गर्नुपर्दछ किनकी यसले दिनको उज्यालोमा जरा जलाउन सक्छ । जाडो महिनामा मनि प्लान्टलाई मल हाल्नु हुदैन ।
गमला
गमलाको आकार सधैं बि¿वाहरु को आकार मा निर्भर गर्दछ । भारी वा ठूला गमलामा विरुवा रोप्न उत्तम हुन्छ किनकि भविष्यमा बिरुवा बढ्नेछ । साना गमलामा विरुवाको विकास आवश्यकता अनुसार नहुन सक्छ ।

 

पानीमा मात्र रोपिएको मनी प्लान्टका लागि 
धेरै व्यक्तिह¿ केवल पानीको एक बोतल बा भाडामा मात्र पनि मनि प्लान्टका बि¿वाह¿  राख्न वा बढाउन रुचाउँछन् । यस्तो अवस्थामा यसलाई झ्यालको नजिकमा राख्नु उपयुक्त हुन्छ जसको हागा क्रमश माथि चढदै जादा निकै आकषर्क पनि देखिन्छ ।
• मनि प्लान्टकोे उचित बृद्धिका लागि पानी भित्र कम्तिमा विरुवाको एउटा नोड राख्नुपर्दछ । धेरै नोडहरु भएमा सबै नोडहरुबाट प्रशस्त जराहरु निस्की विरुवाको बृद्धिमा सहायक हुुन्छ ।
• मनि प्लान्ट राखेको भाडालाई सूर्यको प्रकाश प्रशस्त भएको स्थानमा राख्नु पर्छ जसको कारण विरुवाकोे विकास राम्ररी हुन्छ ।
• पानी हरेक हप्ता नबिराइकन परिवर्तन गर्नुपर्दछ ।
• पानीको स्तर कायम गर्न, पानीलाई बारम्बार थपिनु पर्छ ।
• मनी प्लान्ट पानीमा आफै बढ्दै जान्छ, मलह¿ थप्न आवश्यक पर्दैन ।
माथि भनिएझैं, मनी प्लान्टको ख्याल राख्नु वास्तवमै सजिलो छ । तपाई पनि आफ्नो मनी प्लान्टको राम्ररी हेरचाह गरि चम्किलो पातह¿को साथमा घरको भित्र र बाहिर सबै ठाउँमा हरियाली सहितको सुन्दरता बढाउनु होस् ।
दिलिप बादे
संचालक
जय किसान नर्सरी
माथिका बिरुवा लगाएत

🌿Indoor & Outdoor Pot Plants
🍀गुणस्तरीय, आकर्षक, मनमोहक, उत्कृष्ट भेराइटीहहरु
🇳🇵स्वदेशी तथा विदेशी विभिन्न प्रकारका पट प्लान्टहरु उपलब्ध छन ।
Remember Us for Best Quality Pot Plants🌲 🌿🎋

अर्डर को लागी सम्पर्क नम्बर र Location “Comment” गर्नुहोस ।
📞 9866473702 and 9808767435

@ Boudha , Nayabasti

……………………….