फूलको महारानी “गोदावरी” एक संक्षिप्त ईतिहास

 गुलाबलाई फूलको राजा मानिन्छ भने फूलको रानीको रुपमा परिचित छ गोदावरी । आज हामी आफ्नो वरिपरि जुन गोदावरी फूल देख्छौ त्यो फूलले यहाँसम्म आएर हामीलाई आनन्दित र आकर्षित गर्नका लागि हजारौ बर्षको यात्रा गरेको छ, लाखौ पटक आफुलाई परिभाषित गरेको छ  र करोडौ पटक फूलेको पनि छ । यसरी फूलहरुको रानी बन्ने क्रममा गोदावरी फूलले आफ्नो छुट्टै बिशिष्ट परिचय र जिवन्त ईतिहास बोकेको छ । संसार भरिका असंख्य फूल प्रेमीहरुको मनको ढुकढुकी बन्न सफल फूलहरुको रानी गोदावरीको रोचक ईतिहासको बारेमा जानकारी लियौ ।
    नेपालीमा गोदावरी भनि चिनिने फूललाई अंग्रेजीमा Chrysanthemum भनिन्छ । जुन शब्द दुई वटा ग्रीक भाषाबाट CHRYSOS  र  ANTHEMON मिलेर बनेको हो । यी दुई ग्रीक भाषाको शाब्दिक अर्थ हुन्छ सुनौलो र फूल । यसबाट के अनुमान लगाउन सकिन्छ भने अहिले गोदावरीको बिभिन्न रंगहरु भएतापनि सबै भन्दा पहिले सुनौलो रंगको मात्र थियो ।
    यो फूलको उत्पत्ती वा पहिला खोज चीनमा भएको मानिन्छ । ईसा पुर्व ५०० बर्ष पहिले चीनको दार्शनिक कन्फूसियसले आफ्नो लेखमा गोदावरी फूलको बारेमा उल्लेख गरेको पाईन्छ । तात्कालिन अवस्थामा गोदावरीलाई चीनमा जडिबुटिको रुपमा प्रयोग गरिन्थ्यो । त्यहाँ के बिश्वास गरिन्थ्यो भने यो फूलको पत्रमा बसेको शीत चुस्नाले दिर्घजिबी भैईन्छ भने यो फूललाई खानाले अमर भईन्छ । प्राचिन समयमा यो फूल केवल राज घराना र अति उच्च कुलिन घरानाका परिवारहरु बीच मात्र सिमीत थियो । केवल तिनै घरानाहरुले मात्र यो फूल फूलाउन र लगाउन पाउथे ।
    यो फूलको उत्पत्ती वा खोज कसरी भयो भन्ने सम्बन्धमा चीनमा एउटा कथा प्रचलित छ जुन यस प्रकार छ । प्राचिन समयका चीनको कुनै सम्राटलाई कतैबाट एउटा यस्तो जादुई जडिबुटिको बारेमा जानकारी प्राप्त भयो जुन जडिबुटिको सेवन गर्दा मान्छे कहिल्यै बुढो हुदैन अर्थात सदा जवान रहि रहन्छ । यो जडिबुटि खतरनाक पन्छिहरु उडिरहने टापुमा उम्रिने र यसलाई केवल किसोर अवस्थाका मन्छेहरुले मात्र टिप्न मिल्ने जानकारी पाए पछि त्यस सम्म्राटले २४ जना किसोरहरुलाई त्यो निक्कै खतारनाक तथा लामो यात्रा सहितको खोजमा पठायो । यसरी खोजमा हिडेका किशोर मध्ये केहि किशोरहरु अत्यन्त कष्ट तथा ठूला ठूला चुनौतीहरुको सामना गरी त्यस टापुमा पुग्यो तर तिनीहरुले त्यस्तो जादुई जडिबुटिको संकेत देखेन । व्यापक खोज खर्दा त्यहाँ तिनीहरुले सुनौलो रङ्गको फूल भेट्टायो जसलाई आज हामी गोदावरी भन्छौ । यसरी चीनमा गोदावरीको खोज भैसके पछि त्यो फूल कालान्तरमा गएर यति प्रख्यात भयो कि यो फूल चिनीया जनताको आस्थाको केन्द्र बिन्दु नै बन्यो र राजकिय ध्वजाको रंग पनि जुन सुनौलो रंगलाई पछि गएर माओत्सेतुङ्गले परिबर्तन गरि रातो बनाए । साथै चीनको पुरानो सेनाको आधिकारिक व्याजको संकेत पनि गोदावरी फूलको चित्र नै थियो ।
    चीनमा यो फूललाई  चु (Chu) भनिन्छ । चीनको एउटा शहरको नाम Chu-Hsien जसको अर्थ हुन्छ गोदावरीको शहर) हो जुन यो फूलको सम्मानमा राखेको हो । अहिले पनि चीनमा प्रत्येक बर्षको इअतयदभच महिना भरिका लागि यो फूललाई राष्ट्रिय रुपमा आधिकारिक फूलको दर्जा दिईन्छ ।
    यो फूलको ईतिहासले भन्छ ४०० AD तिर चीनका घुमन्ते भिक्षुहरुले पहिलो पटक यस फूललाई जापानमा लग्यो । जुन फूललाई त्यस बेलाका जापानको सम्म्राटले ज्यादै मन परायो । जापानको सम्म्राटले यो फूललाई यति धेरै मन परायो की उनले आफु बस्ने राजगद्धिमा यो फूलको चित्र अंकित गरायो साथै आफ्नो मुकुट (श्रीपेच) मा पनि यो फूलको चित्र अंकित ग¥यो । यतिमा मात्र सिमित नरहेर यो फूल राजकिय हतियार र झण्डामा समेत अंकित हुन पुग्यो । लगभग ८०० AD तिर जापानले यसलाई राष्ट्रिय फूल घोषित ग¥यो । अहिले सम्म पनि जापानको राष्ट्रिय फुल गोदावरी रहि रहेको छ । हरेक बर्षको सेप्टेम्बर ९ को दिनलाई जापानमा राष्ट्रिय गोदावरी दिवसको रुपमा मनाईन्छ ।September 9 लाई त्यहाँको जनताले खुसीको पर्वको रुपमा मनाउछन् । त्यहाका दार्शनिकहरु भन्ने गर्छन कि गोदावरी फूल फुल्ने प्रकृया जुन शुरु हुन्छन् त्यो भनेको सुर्य उदाउनु र सुव्यवस्थित जिवनको सुरुवात हुने संकेतको प्रतिक हो ।
    जापानमा यो फूललाई उनिहरुको भाषामा Kikuभनिन्छ । जापान पछि समयको बिभीन्न कालखण्डमा बिभिन्न तरिकाले यो फूल बिश्वका अन्य राष्ट्रहरुमा पनि पुग्यो । जस मध्ये करिब १६६८ तिर हल्याण्ड मा त्यस्तै १७८९ तिर फ्रान्समा हुदै १७९८ ताका ईङ्गल्याण्डमा पुगेको कुरा बिभिन्न ग्रान्थहरुले संकेत गर्दछ । यसैक्रममा बिस्तार बिस्तारै यो फूलको सुधार र बिकास भै बिश्वका बाकी देशहरुमा पनि जान थाल्यो ।
    हाल आएर नेपालमा पुष्प प्रेमीहरु बीचमा अत्याधिक लोकप्रिय गोदावरी फूल नेपालमा पहिलो पटक कसले र कसरी भित्रीयो भन्ने सन्दर्भमा कुनै आधिकारिक तथ्य फेला पार्न सकिएको छैन् । नेपालमा रहेको गोदावरी फूलको पारखीहरु बिच यो फूल नेपालमा कसरी भित्रीयो भन्ने सन्दर्भमा कुरा हुदा के सम्म अनुमान लगाइएको पाइन्छ भने धेरै समय अघि कुनै नेपाली (संभवता राणा परिवारको) बिधार्थी जापानमा अध्ययन गर्न गएको र त्यहाँ बसाईको क्रममा यो गादावरी फूलबाट सो नेपाली बिद्यार्थी अत्यधिक प्रभावित भई नेपाल फर्कने क्रममा गोदावरी फूलको केहि बिरुवा नेपालमा ल्याएको र समयको अन्तरालमा बिभिन्न माध्यमबाट यो फूल नेपालमा फिजिएको हो भन्ने धारणा रहेको पाईन्छ । यसै गरी यो फूलको नेपाली नामाकरण गोदावरी कसरी रहन गयो भन्ने सन्दर्भमा पनि के अनुमान लगाईन्छ भने यो फूल पहिलो पटक गोदावरीमा ल्याएको हुनाले नै यो फूलको नाम गोदावरी रहन गएको हो । त्यसै गरी नेपाल भित्र प्रयोग हुने अन्य भाषाहरुमा जस्तै लिम्बु भाषामा यसलाई “ नुमाफुङ्ग” भनिन्छ ।
    चीन जापान अमेरिका ब्रिटेन आदि देश हुदै नेपाल भित्रीएको यो फूलको ख्याती राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा झन झन बढ्दै गैरहेको पाईन्छ । अनेकौ जात, जाती र प्रजातीमा उपलब्ध यो फूललाई अन्तराष्ट्रिय गोदावरी समाज (International Chrysanthemum Society)  ले यसको आकार, आकृती, संरचना तथा अन्य मापदण्डको आधारमा मुख्यतया दुई भागमा बिभाजन गरेको पाईन्छ । ठूलो फूल हुने (Large Flower)  एवं सानो फूल हुने (Small Flower) । जस मध्ये ठूलो फूल हुनेलाई पनि १३ भागममा र सानो फूल हुनेलाई १० भागमा बिभक्त गरेको पाईन्छ । अतः हजारौ बर्षको रोचक तथा गरिमामय जीवन्त ईतिहास बोकेको यो गोदावरी फूलको संरक्षण, बिकास र बिस्तारका लागि सम्बन्धित सम्पुर्ण संघ संस्था व्यक्ति जागरुक हुन जरुरी छ ।
दिलिप बादे
संचालक
जय किसान नर्सरी

🌿Indoor & Outdoor Pot Plants
🍀गुणस्तरीय, आकर्षक, मनमोहक, उत्कृष्ट भेराइटीहहरु
🇳🇵स्वदेशी तथा विदेशी विभिन्न प्रकारका पट प्लान्टहरु उपलब्ध छन ।
Remember Us for Best Quality Pot Plants🌲 🌿🎋

अर्डर को लागी सम्पर्क नम्बर र Location “Comment” गर्नुहोस ।
📞 9866473702 and 9808767435

@ Boudha , Nayabasti

……………………….