नेपालमा पुष्प व्यवसायको संक्षिप्त जानकारी

परिचय 
      परापूर्वकाल देखि नै फूलको धार्मिक तथा सांस्कृतिक महत्व रहदैं आएको छ । चाडपर्व, पूजा, व्रत धर्मकर्म आदिमा पुष्प को व्यापक प्रयोग हुदैं आएको छ । अहिले पनि हाम्रो देशको ग्रामिण इलाका र कतिपय शहरी क्षेत्रमा समेत फूलको प्रयोग धार्मिक दृष्टिकोणबाट मात्र पनि गरिएको पाइन्छ । तर नेपालमा फूलको उत्पादन तथा प्रयोग गैर व्यवसायिक रुपमा मात्र नभइ व्यवसायिक रुपमा पनि त्यत्तिकै मात्रामा हुन थालेको छ । अहिले राष्ट्रिय स्तरमा करोडौं र अन्तराष्ट्रिय स्तरमा अरबौको व्यापार पुष्प व्यवसायले गरिरहेको विभिन्न तथ्यांकहरुले देखाउँछ । तपाई हाम्रो घर(आगँन, बँगैचा, कोठा, अफिस, सडक चारैतिर देख्न सकिने फूल तथा विभिन्न बोट बिरुवाहरुसँग सम्बन्धित पुष्प व्यवसाय हाल नेपालको हावापानीमा सुहाउदो तथा फस्टाउदो व्यवसायको रुपमा परिचित छ
विगत
    आदिकाल देखि फूलको विभिन्न प्रयोग भइ आए पनि नेपालमा व्यवसायिक रुपमा फूलको प्रयोग सन १९५० पछि मात्र हुन थालेको देखिन्छ । नेपालमा स्थापना भएको पहिलो पुष्प नर्सरीको रुपमा हामी नेपाल प्राइभेट नर्सरीलाई चिन्दछौ । सन् १९५४ मा लाजिम्पाटमा खोलिएको यो पुष्प नर्सरी नै सम्भवत पहिलो पुष्प नर्सरी हो । त्यसपछि सन १९६० देखि १९७० सम्ममा ४ वटा पुष्प नर्सरीहरु सुबिन्स् बोटानिकल सेन्टर(१९६४), कपाली नर्सरी (१९६४) तारी भाइ नर्सरी (१९६४) र शिब नर्सरी (१९६८) संचालनमा आए, जसमध्ये कपाली नर्सरी र शिब नर्सरी हाल सम्म संचालित छ भने अन्य नर्सरी संचालनमा छैन । त्यसैगरी सन १९७० देखि १९८० को दशकमा ५ वटा पुष्प नर्सरीहरु स्थापना भएको पाइन्छ जुन द स्टान्डर्ड नर्सरी (१९७३), लाजिम्पाट नर्सरी (१९७४), ह्यान्की राई एण्ड सन्स् (१९७५), जे.एन. इन्टरप्राइजेज् (१९७६) र जय किसान नर्सरी (१९७७) हुन् । जसमध्ये जय किसान नर्सरी, द स्टान्डर्ड नर्सरी र ह्यान्की राई एण्ड सन्स् मात्र हाल संचालनमा छन् । सन १९५० देखि १९८० सम्ममा तथ्यांकले केवल १० वटा नर्सरीहरु संचालनमा आएको देखाएता पनि अरु २, ४ वटा नर्सरीहरु पनि त्यसबेला संचालनमा हुनसक्ने तथा भएको कुरा जानीफकारहरु बताउँछन् ।
पुष्प व्यवसायको विगतलाई कोट्याउदा यो व्यवसाय निक्कै परम्परागत रुपमा अघि बढेको पाइन्छ । तत्कालिन समयमा यसमा प्रयोग हुने सम्पूर्ण औजार, औषधि, विषादी मलखाद्य तथा बिउ बिजन र कामदार स्थानिय स्तरमै निर्मित र उत्पादित भएका हुन्थे । सन १९९० भन्दा पहिला एकातिर फूलका बोट बिरुवाहरु पनि किनेर लगाइन्छ र भन्ने जस्ता संकुचित सोच एउटा वर्गमा थियो भने अर्को तिर फूलका बोट बिरुवाहरु त अति उच्च तथा सम्पन्न समुदायले मात्र उपभोग गर्ने तथा गर्न सक्ने वस्तुको रुपमा प्रचारित भएका कारणले गदा पुष्प व्यवसाय फस्टाउन निकै हम्मे हम्मे परेको देखिन्छ ।
वर्तमान 
    विगतमा यो व्यवसाय निकै परम्परागत रुपमा अघि बढेको देखिएता पनि हाल आएर पुष्प व्यवसायले निकै ठूलो फड्को मारिसकेको छ । विशेषत सन १९८० को दशक पछि वास्तविक रुपमा व्यवसायिक हिसाबले पुष्प व्यवसाय खुल्न थालेको हो । सन १९५० देखि १९८० सम्म निकै सुस्त गतिमा स्थापना र संचालन भएका पुष्प व्यवसाय १९८० पछि गतिमान भएको पाउँछौ । जसको प्रत्यक्ष उदाहरण सन १९८० देखि हाल सम्म आउँदा नआउँदै ६५० को हाराहारीमा पुष्प व्यवसायीहरु नेपालभरि स्थापना भएको पाइन्छ । हाल पुष्प व्यवसाय अन्तर्गत नर्सरी, कट–फ्लावार, आलंकारिक बोट बिरुवा, बगैचा सजावट, पुष्पजन्य बस्तुहरु, ड्राई फ्लावार एवं पुष्पजन्य सजावटसंग गाँसिएको व्यवसायलाई समेटेको पाइन्छ ।
हाल आएर फूल विरुवाहरुले घर अाँगन बगैंचा, सडक तथा नदि किनारा, पार्क, स्कूल, निजी कार्यालयहरु सजाउने क्रम बढ्दो छ । मौसमी फूलका विरुवा र घरभित्रका सजावटका विरुवाको बिक्री पनि उल्लेख्यीय रुपमा बृद्धि भएको छ । साथै कट–फ्लावरको उत्पादन तथा बजारमा समेत उल्लेख्य बृद्धि भएबाट पुष्प व्यवसायको क्षेत्र दिनानुदिन फराकिलो हुदै गएको स्पष्ट हुन्छ । नेपालमा पुष्प व्यवसायको व्यवसायीक ईतिहास लगभग तीन दशक पुग नपुग भएपनि यसले धेरै फ्डको मारी सकेको छ । बिश्वमा जस्तै नेपालमा पनि पुष्प तथा पुष्पजन्य बस्तुको मागमा प्रत्येक बर्ष १० देखि १५% को दरले बृद्धि भईरहेकोे सन्दर्भमा यससंग संबन्धित उद्योगहरु पनि क्रमशः विस्तारित भईरहेका छन् ।
यो व्यवसाय वर्तमान स्थितिमा आइपुग्दा विगत भन्दा निकै परिमार्जित भैरहेको छ । उच्च स्तरीय तथा गुणस्तरीय विरुवा तथा बिउ बिजनहरु, अत्याधुनिक हाते औजारहरु, तालिम प्राप्त कामदारहरु तथा व्यवस्थित सामाग्रीहरु अहिले यो व्यवसायको विशेषताको रुपमा रहेको छ । वर्तमान परिपेक्षमा यो व्यवसाय निकै सम्भावना युक्त व्यवसायको रुपमा विकास भैरहेको पाइन्छ । यस व्यवसायमा लामो समय देखि बुझेर लागेका व्यवसायीहरुको आर्थिक तथा सामाजिक हैसियत पनि राम्रो हुँदै गइरहेको देखिन्छ । आर्थिक तथ्याङ्कलाई अध्ययन गर्दा वर्तमान स्थितीमा पुष्प व्यवसायले वाषर््िाक २ अर्ब भन्दा बढिको कारोबार गरेको पाउदछौ । त्यसै गरी ४००० व्यतिmहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारीको अवसर प्रदान गरि रहेको छ । जसमा मध्यम स्तर देखि उच्च शिक्षित व्यतिmहरुसम्म समेटेको पाईन्छ । हाल सम्म ४४ जिल्लामा लगभग १५० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय फैलिएको छ ।
बिगतमा कम गुणस्तरीय तथा सिमित प्रकारका बिउ बिजन र बोट बिरुवाहरु प्रयोग हुने गरेकोमा हाल आएर ५० भन्दा बढी प्रकारका कट फ्लावर तथा मौसमी फूलका बिरुवा, ३०० भन्दा बढी प्रकारका अन्य बेमौसमी र आलंकारिक वोट बिरुवाहरु यस व्यवसायमा उपलब्ध छन् । नेपालमा हालसम्म हाइब्रिड फूलका बिउ बिजनहरु उत्पादन गर्ने स्रोत, साधन, प्रविधिको अभ्यास नभएकाले गर्दा गुणस्तरीय बिउ बिजनका लागि पूर्णतय बिदेशमा आश्रित हुनु परेको बाध्यता यथार्थ हो । जसले गर्दा बार्षिक लाखौं रुपैया बिदेशीले लगिरहेका छन् । त्यसैगरी बिगतमा आलंकारिक बोट बिरुवाका लागि पनि पूर्णतया भारतमा आश्रित हुने गरेकोमा हाल ४०५ आफ्नै देशमा उत्पादन हुन थालेको पाइन्छ । त्यस्तै हाल ८०५ कट फ्लावर  आफ्नै देशमा उत्पादन हुन थालेको पाइन्छ ।
वरिपरिको वातावरण र मानविय मन मस्तिष्क तथा स्वास्थलाई निकै सकारात्मक असर पुर्याउने व्यवसायको रुपमा हाल सबै क्षेत्र, तह, वर्ग र समुदायका व्यक्तिहरुबाट प्रशंसनिय यस व्यवसाय र यसबाट उत्पादित फूल बोट बिरुवाहरु प्रति मान्छेको मोह बढ्दो छ । दिन प्रतिदिन पुष्प व्यवसायीको संख्या बढ्नु, आम उपभोक्ताले पनि फूल बोट बिरुवाहरुको प्रयोग अत्याधिक रुपमा बढाउदै लैजानुले यो व्यवसायको वर्तमान स्थिति सन्तोषजनक र भविष्य उज्जवल रहेको संकेत गर्दछ । विगतमा काठमाण्डौ केन्द्रित यो व्यवसाय अहिले विकेन्द्रीकरण भइ नेपालका अन्य शहरहरु जस्तै पोखरा, चितवन, धरान, बिराटनगर, नेपालगंज, जनकपुर, बुटवल, धनगढी लगायत अन्य ठाउहरुमा पनि फैलिने व्रmम जारी छ । जसले गर्दा यो व्यवसायले देशभर रोजगारीको अवसर सिर्जना गरिरहेको छ ।
वर्तमान सन्दर्भमा यस व्यवसायको कुरा गर्दा अहिलेको स्थितिसम्म आइपुग्नका लागि पुष्प व्यवसायीहरुको एकमात्र छाता संगठन फ्लोरिकल्चर एशोसिएसन नेपालले खेलेको भुमिका पनि निकै प्रर्शसनिय तथा सहानिय छ । बेला बेलामा फ्लोरिकल्चर एशोसिएसन नेपालद्वारा आयोजना गरिने सम्बन्धित बिषयका विभिन्न तालिमहरु, अन्तरकृया, गोष्ठी, भ्रमण तथा विशेषज्ञहरुसँगको भेटघाटले यस व्यवसायलाई उठाउन निकै ठूलो सहयोग गरेको र निरन्तर गरिरहेको छ । साथै विशेषगरी पुष्प व्यवसाय र व्यवसायीहरुको उत्थान, बजार प्रवद्र्घन, विकार र विस्तारका लागि फ्लोरिकल्चर एशोसिएसन नेपालद्वारा विभिन्न संघ संस्थाहरुसँग मिलेर गरिने पुष्प व्यापार मेलाहरुले पुष्प व्यवसायीहरु माझ उत्साह र प्रेरणा थप्ने तथा एक आपसमा भाइचाराको विकास गरेको पाइन्छ ।
भविष्य
विगतमा पराम्परागत तथा संकुचित स्थितिबाट गुज्रेर वर्तमानमा संतोषजनक र परिवर्तित स्वरुप लिएर अगाडी आएको यो व्यवसाय भविष्यमा डलर फलाउने व्यवसायको रुपमा विकास हुने प्रचुर सम्भावना रहेको छ । वर्तमानमा शहरी भ्रमणमा मात्र केन्द्रित यो व्यवसाय भविष्यमा बिस्तारै ग्रामिण इलाकातिर पनि फैलिने सम्भावना देखिन्छ । शहरी इलाकामा खुल्ला स्थानको अभाव हुँदै जाने, महंगो जग्गा भाडा तिर्नुपर्ने तथा महंगो श्रम मुल्य हुने कारणले गर्दा यस्तो स्थिति आउन सक्छ । जुन तुलनात्मक रुपमा राम्रो पनि हो किनकी ग्रामिण इलाकालाई उत्पादन केन्द्र बनाउने र शहरी इलाकालाई बिव्रmी केन्द्र बनाउने गर्दा दुबै इलाकाका व्यक्तिहरुले रोजगार पाउनेछ । त्यसैगरी हाइब्रिड बिउ बिजन आफ्नै देशमा उत्पादन गरी देशको पैसा विदेशिनबाट जोगाउने तथा कट फ्लावर र आलंकारिक बोट बिरुवाहरुका लागि पनि पूर्ण रुपमा आफै उत्पादन गरी आत्मनिर्भर हुन सक्ने स्थिति देखिन्छ । बिगत र वर्तमानको तुलनामा भविष्यमा यस व्यवसायलाई अझै परिमार्जित गरी आधुनिक बनाउदै लैजानका लागि युवा पुस्ताले निकै महत्वपूर्ण भुमिका खेल्ने देखिन्छ ।
कृषिमा आधारित हाम्रो देश प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र त्यसभित्रका विशिष्ट पहिचान बोकेका असंख्य फूल बोट बिरुवाहरुले भरिपूर्ण भएकोले गर्दा पूष्प व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनको सम्भावना अझ बढीे छ । तर यसका लागि सरकारी, सहकारी तथा नीजि साझेदारीको अवधारणालाई अभ्यासमा ल्याई ब्यापक अध्ययन तथा अनुसन्धान गरी अघि बढ्न जरुरी देखिन्छ । त्यसैगरी विदेशी बजारमा प्रतिष्पर्धा गर्न सकिने खालका फूल बोट बिरुवाहरु हामी सस्तो भन्दा सस्तो मुल्यमा उत्पादन गरी अन्तराष्ट्रिय स्तरको मुल्यमा बाह्य बजारमा बिव्रmी गर्न सकिने प्रचुर सम्भावना यस पुष्प व्यवसायमा रहेको पाइन्छ । यसबाट देशले पनि प्रत्यक्ष रुपमा आर्थिक फाइदा पाउने छ । हाल उद्योगको रुपमा अगाडी बढीरहेको पुष्प व्यावसायको दिगो संस्थागत विकास, गुणस्तरीय उत्पादन आन्तरिक बजार व्यवस्थापन आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धन आदिमा सम्बन्धित संघ संस्थाहरुले महत्वपुर्ण भुमिका इमानदारिताका साथ पुरा गर्ने हो भने आगामी दिनहरुमा पूष्प व्यवसायको व्यवसायिकरण र निर्यात प्रबद्र्धनमा गुणात्मक फडको मार्ने देखिन्छ ।
निश्कर्ष
वास्तवमा आफ्नै देशको हावापानी माटोको प्रयोग गरी संचालित पुष्प व्यवसाय एक अत्यन्त संभावना युक्त व्यवसाय हो । उच्च मुल्य बालीको रुपमा रहेको पुष्प तथा आलंकारिक बोट बिरुवासंग सम्बन्धित यो व्यवसायलाई प्रबद्र्धन गरी बिकास र बिस्तार गरिनु पर्ने आजको आवश्यकत देखिन्छ । जसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा देशको हित हुने सुनिश्चित छ । देशलाई आर्थिक टेवा, रोजगारीको सृजना तथा वातवरणिय सुन्दरत बढाउने यस व्यवसायको बिकास र बिस्तारका लागि सम्बन्धित सम्पुर्ण पक्षहरुले गहिरो अध्ययन तथा अनुसन्धान गरी अघि बढेमा चौतर्फी हित अवश्य हुनेछ ।
दिलिप बादे
संचालक
जय किसान नर्सरी

🌿Indoor & Outdoor Pot Plants
🍀गुणस्तरीय, आकर्षक, मनमोहक, उत्कृष्ट भेराइटीहहरु
🇳🇵स्वदेशी तथा विदेशी विभिन्न प्रकारका पट प्लान्टहरु उपलब्ध छन ।
Remember Us for Best Quality Pot Plants🌲 🌿🎋

अर्डर को लागी सम्पर्क नम्बर र Location “Comment” गर्नुहोस ।
📞 9866473702 and 9808767435

@ Boudha , Nayabasti

……………………….